मेलम्ची खानेपानी आयोजनाको सामान चोर्ने ३ जना पक्राउ

60

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको सामान चोर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय मेलम्ची तथा सशस्त्र प्रहरी बल नेपाल खानेपानी सुरक्षा पोष्ट ग्याल्थुमबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले चोरि गरेर ल्याउँदै गरेको अव्स्थामा उनिहरुलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं ४ स्थित मेलम्ची खानेपानी आयोजना अन्तर्गतको ग्याल्थुम सुरुङ अडिट नं २ को कम्पाउण्ड भित्र स्टोर गरी राखेको ३० किलो तामाको तार चोरी गर्ने कार्यमा संलग्न रहेका सोही कम्पनीमा बिगत ६ महिना देखि ईलेक्ट्रिसियनको रुपमा काम गर्ने सिन्धुपाल्चोक मेलम्ची न.पा.वडा नं ९ सुनखानी घर भएका बर्ष २४ को पदम बहादुर तामाङ,सोहि ठाउँ बस्ने बर्ष २१ को सजन भन्ने उत्तम तामाङ र निजको साथी पाँचपोखरी थाङपाल गा.पा.वडा नं २ बस्ने बर्ष १९ को ग्याल्बो स्याङबोलाई पक्राउ गरिएको हो ।

चोरी भएको तामाको तार ३० किलो र सो तामाको तार ओसार पसार गर्न संलग्न बा ७१ प ६१० नं को मोटरसाइकल समेत नियन्त्रणमा लिईएको तामाङले जानकारी दिए । उनिहरुलाइ सिन्धुपाल्चोक जिल्ला अदालतबाट चोरि मुद्दा अन्तर्गत म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू