मेस्सीलाई छैटौँ पटक बोलोन डि’ओर अवार्ड

11

(एजेन्सी) – बार्सिलोनाका कप्तान लियोनल मेस्सीले छैटौँ पटक बोलोन डि’ओर अवार्ड हात पारेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् ।

फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड अर्जेन्टिनाका मेस्सीले पाएका हुन् ।

मेस्सीले सन् २०१५ यता पहिलो पटक यो अवार्ड जितेका हुन् । गएको सिजनमा मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए ।

मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।

खेलाडी, प्रशिक्षक तथा पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जिल भान डिजेक दोस्रो स्थानमा रहे ।

युरोपियन वर्ष खेलाडीको उपाधि जितेका भर्जिललाई यो पटक बालोन डी’ओरका दाबेदार मानिएको थियो । पाँच पटकका विजेता युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे ।

समाचार वर्गहरू