(ललितपुर) – नेपालको २३ वर्ष मुनीको फुटबल टोलीले आगामी शुक्रबार कतारको दोहामा म्यानमारसँग मैत्रपूर्ण खेल खेल्ने भएको छ । घरेलु मैदानमै हुने भनिएको १३ औँ दक्षिण एशियाली खेलकुदको तयारीका रुपमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
म्यानमारको यू–२३ फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीलाई एन्फाले बिदाई गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरी यू–२३ टिमलाई बिदाई गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ लगायतले नेपाली टोलीलाई बिदाई गरे । नेपाली टिमका मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् भने कप्तानको जिम्मेवारी सुजल श्रेष्ठले पाएका छन् ।
नेपाली टिममा कप्तान सुजलसँगै अनन्त तामाङ, अञ्जन विष्ट, बिक्रम लामा, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, क्षिरिङ गुरुङ र अर्पन कार्की रहेका छन् ।
त्यस्तै, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल रहेका छन् ।
टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले म्यानमारसँगको खेल अन्तर्राष्ट्रिय एक्पोजरका लागि महत्वपूर्ण हुने बताए । टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ ।