(पूर्वी नवलपरासी) – पूर्वी नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार कावासोतीका २२ वर्षीय कृष्ण कुमालले ४ जना राखेर चलाएको मोटरसाइकल चोरमारास्थित भित्रि सडकको रुखमा ठोक्किदा चालक कृष्ण कुमालको मृत्यु भएको हो ।
उनको चितवन स्थित मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार कावासोतीकै अमन पुन गम्भीर घाइते छन् । त्यसैगरी, राम परियार र धन बहादुर कुमाल घाइते भएका छन् ।
उनीहरुको डण्डा स्थित जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ना १८ प २९ नम्बरको मोटरसाइकलमा ४ जना चढेर जाने क्रममा सालको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।