(भक्तपुर) – मोटरसाइकल दुर्घटनामा परी भक्तपुरमा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुरको च्यामासिंहतर्फ आउँदै गरेको बा ६६ प ७४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
चाँगुनारायण ९ ताथली फैढोकामा नालीमा मोटरसाइकल खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।