मोटरसाइकल दुर्घटनामा परी भक्तपुरमा एकको मृत्यु

60

(भक्तपुर) – मोटरसाइकल दुर्घटनामा परी भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी भक्तपुर नगरपालिका–१० कमलविनायका १७ वर्षीय रञ्जित माहाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ९५ प १४५५ नम्बरको मोटरसाइकल कमलविनायकमा नालीमा खस्दा घाइते भएका चालक माहाजुको उपचारका क्रममा मृत्यु भएको हो ।

खरिपाटीबाट कमलविनायकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू