कृष्ण अधिकारी/तुलसीपुर – तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार विहान ५ बजे तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी नजिक खनिराखेको खाल्डोमा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए ।
ब्लुबुकमा उल्लेखित विवरण अनुसार तुलसीपुर उपमहानगरपालिका १२ टरिगाँउका चुडामणी भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । बाँकी उनको ठेगानाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।