(काठमाडौं) – म्याद नाघेको सामान बिक्री वितरण गर्ने काठमाडौंको बुद्धनगरस्थित एक व्यापारिक फर्मलाई वाणिज्य तथा आपूर्ति संरक्षण विभागले कारबाही गरेको छ ।
बजार अनुगमनका क्रममा बुद्धनगरस्थित ‘हाम्रो किनमेल सप’ ले म्याद नाघेको सामान बिक्री गरेको भेटिएपछि कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१ (ख) बमोजिम २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
लकडाउनको मौपा पारेर दैनिक उपभोग्य वस्तुमा व्यापारीहरुले कालोबजारी गर्ने क्रम बढ्दो छ । सरकारले प्रभावकारी रुपमा बजार अनुगमन नगर्दा व्यापारीहरुले बजार मूल्य भन्दा बढी मूल्य लिएर उपभोक्तालाई ठग्दै आएका छन् । विभागले बजार अनुगमनलाई निरन्तरता दिएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।