एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले टोटनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो ।
खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई टोटनहमका सान्चेजले पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
टोटनहमले १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ६–१ ले हराएको हो । टोटनहमको जितमा सन ह्युङ मिन र ह्यारी केनले दुई-दुई गोल गरे ।
जितपछि टोटेनहम ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलमा ३ अंकसहित १६ औं स्थानमा रहेको छ ।