काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग भएको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने बताए।
उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउनु रहेको बताए। उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारेका हुन्।
उनले भने, ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन्। विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ।’