काठमाडौं – नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । जसमा विमलेन्द्र निधिदेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समेत नाम समाविष्ट छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।
उक्त बन्दसूची सार्वजनिक भएसँगै देउवा इतरको शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको र आर्थिक चलखेलको भरमा नयाँ अनुहार समेटेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो ।