काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार बिहानैदेखि देशका विभिन्न प्रदेशहरुमा वर्षा भइरहेको छ । अहिले मधेस, वाग्मती, गण्डकी र कोसी प्रदेशहरुका केही स्थानमा वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
यस्तै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
मंगलवार देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।