यस्तो छ कांग्रेस महामन्त्री थापाको लिखित प्रस्ताव

14

काठमाडौं – कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने प्रस्ताव लिखित रूपमै राखेका छन् ।

थापाले बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा कांग्रेसले स्पष्ट धारणा राख्नुपर्ने भन्दै लिखित मत जाहेर गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले आफ्नो प्रस्तावलाई लिखित मतको रूपमा पार्टी बैठकमा दर्ज गर्न माग गरेका छन् ।

विभिन्न १३ बुँदामा समेटिएको उनको सुशासनसम्बन्धी लिखित प्रस्तावमा भनिएको छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने स्वयंले पार्टीबाट अलग हुनुपर्छ, त्यस्तो अवस्था हुन्न भने पार्टीले निलम्बन गर्नुपर्छ ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू