यस्तो छ बिहीबारको सुनचाँदी बजारभाउ

49

मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबारको तुलनामा आज छापावाला सुन तोलामा २ सयले बढेर ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ७४ हजार ८ सय कायम भएको थियो ।
आज बिहीबार तेजावी सुनको तोलामा ७४ हजार ७ सय कायम भइ कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

समाचार वर्गहरू