काठमाडौं – मदन पुरस्कार गुठीले जगदम्बा श्री सम्मान र मदन पुरस्कार मुखिया र ओझालाई प्रदान गरेको छ ।
सोमबार ललितपुरमा आयोजित एक समारोहका बीच गुठीका अध्यक्ष कुन्द दीक्षितले कलाकार टेकवीर मुखियालाई जगदम्बा श्री र ऐंठन उपन्यासका लेखक विवेक ओझालाई मदन पुरस्कार दिएका हुन् ।
अध्यक्ष दीक्षितले विजेता स्रष्टाद्वयलाई प्रमाणपत्र ४/४ लाख रासीको पुरस्कार प्रदान गरेका हुन् । ओझाको यसअघि ‘ऐलानी’ नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् ।
नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री दिइँदै आइएको छ ।