यातायात कार्यालयका ३८ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

13

(काठमाडौं) – अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ललितपुर एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख सहित ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेल सहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

आयोगले पोखरेल सहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मी लगायत छन् ।

विस २०६९ वैशाख, जेष्ठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार २ सय ८४ जनालाई गैरकानूनी रुपमा सवारी चालक अनुमति (लाइसेन्स) वितरण गरेको अभियोगमा अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेल सहितले ट्रायल फेला भएकाहरुलाई पास भएको निर्णय गरि राजश्व छली गरेको आयोगले जनाएको छ । पोखरेलले कार्यालय प्रमुख हुँदा ८ लाख ५९ हजार ५५० रुपैयाँ राजश्व हिनामिन गरेको भन्दै दोब्बर जरिमाना माग गरेको छ । उनीहरुले २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा फेला भएका १२८४ जनालाई उत्तीर्ण बनाएको अख्तियारको दाबी छ ।

आयोगले अवकास पाइसकेका इन्जनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) नवराज थापा, अवकास पाएका शाखा अधिकृत राममणी पोखरेल, शाखा अधिकृत (हाल निलम्बन) ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत हाल उपसचिव रहेका धर्मराज ढुङ्गाना, बाबुलाल रेग्मी समेत विरुद्ध मुद्दा दायर गरेको हो ।

समाचार वर्गहरू