काठमाडौं – नेपाली काँग्रेसले पार्टीका तर्फबाट स्थानीय तह उपनिर्वाचन—२०८१ का लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।
कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
आइतबार मनोनयन दर्ता गराउनका लागि दलका र स्वतन्त्र उम्मेदवारहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मंसिर १६ गते ४४ पदमा उपनिर्वाचन हुँदैछ ।

