यी हुन् ६ दलका ११० समानुपातिक सांसदहरु, कुन दलबाट को-को ?

59

काठमाडौँ — रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिकबाट निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले आइतबार सूची बुझाएका हुन् ।

समानुपातिकतर्फको १ सय १० सिटमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । निर्वाचन आयोगले सिट तोकेरै समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम तीन दिनभित्र पठाउन बिहीबार दलहरूलाई पत्र लेखेको थियो ।

दलबाट प्राप्त सूचीमा समावेशी समूहअनुसार नाम मिले/नमिलेको सोमबारदेखि रुजु गरिने आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘सूचीमा नमिलेको पाइए मिलाएर ल्याउन सम्बन्धित दललाई फेरि पत्राचार गर्छौं,’ उनले भने, ‘त्यसपछि मात्रै निर्वाचित हुने सांसदहरूको सूची प्रकाशन हुन्छ ।’

सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्यको टुंगो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि रास्वपालाई सरकार बनाउने बाटो खुल्छ । ‘एक साताभित्रै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने लक्ष्य राखेका छौं,’ आयोगका प्रवक्ता भट्टराईले भने ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० (६) मा ‘दलले प्राप्त गरेको सिट संख्याका आधारमा दलित (१३.८ प्रतिशत), आदिवासी जनजाति (२८.७ प्रतिशत), खस–आर्य (३१.२ प्रतिशत), मधेशी (१५.३ प्रतिशत), थारू (६.६ प्रतिशत) र मुस्लिम (४.४ प्रतिशत) को प्रतिनिधित्व हुने गरी बन्दसूचीमा समावेश भएको क्रमअनुसार’ दलहरूले आयोगमा सूची बुझाउनुपर्ने व्यवस्था छ । छनोट गरिएका नाममा कम्तीमा ४.३ प्रतिशत व्यक्ति पिछडिएको क्षेत्रबाट हुनुपर्छ । संघीय संसद्मा सम्बन्धित दलबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी समेत समानुपातिक कोटाबाटै मिलाउनुपर्छ ।

यी हुन् ६ दलका ११० समानुपातिक सांसदहरु –

घण्टी

रास्वपा

खस आर्य

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बाँस्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्नाकुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईं

आदिवासी जनजाति

वसुमाया तामाङ

गंगा छन्त्याल

सुन्निमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमिला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

मधेसी
पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

दलित

रीमा विश्वकर्मा

अमृता विक

सीता वादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

थारू

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मुस्लिम

समिना मिया

अफ्साना बानु

गलाजा शमिम मिकरानी

रुख

नेपाली कांग्रेस

खसआर्य

सुशीला ढकाल

रुक्मिणीदेवी कोइराला

रीना उप्रेती,

सीता थपलिया

गंगा शाही

अर्जुननरसिंह केसी

आदिवासी जनजाति

गीताकुमारी सेन्दाङ

गंगालक्ष्मी अवाल

गीता गुरुङ

रेनुका काउचा

सुनिताकुमारी सुवेदी

भीष्मराज आङदेम्बे

मधेसी

निनुकुमारी कर्ण

रेखाकुमारी यादव

चन्द्रमोहन यादव

दलित

हरिनादेवी कामी

पवित्रा विक

मानबहादुर नेपाली

थारू
प्रमिला कुमारी

मुस्लिम

शाहजान खातुन

सूर्य

नेकपा एमाले

जनजातितर्फ

भूमिका सुब्बा

गंगादेवी श्रेष्ठ

रामबहादुर थापा मगर

कुलभक्त शाक्य

खस आर्य

पद्मा अर्याल

टुकाभद्रा हमाल

एशुदाकुमारी बराल

गुरुप्रसाद बराल

डा. पुष्पराज कँडेल

थारू
कृपाराम राना

दलित

विष्णुमाया विक

नीता घतानी

मधेसी
रिङ्ला यादव

यशोधा कुमारी यादव

चन्द्रेश्वर मण्डल

मुस्लिम

साजिदा सिद्दीकी

तारा

नेपाली कम्युनिस्ट पार्टी

खसआर्य

प्रमेश हमाल

बलावती शर्मा,

आदिवासी जनजाति

परशुराम तामाङ

भीमकुमारी बुढा

अपाङ्गता

प्रेमबहादुर बयक

मधेसी

जोगकुमार बर्बरिया यादव

दलित

पार्वती विक

गणेश विश्वकर्मा

थारू

निराशा चौधरी डगौरा

माटो
श्रम संस्कृति पार्टी

मधेसी

रुविकुमारी ठाकुर

खस आर्य
अम्बिका संग्रौला

दलित
राधिका रम्तेल

आदिवासी जनजाति
पूर्ण लिम्बू

हलो

राप्रपा

खस आर्य

भरत गिरी

मुस्लिम

ताहिर अली

खस आर्य

खुश्बु ओली

जनजाति

सरस्वती लामा

 

 

 

 

समाचार वर्गहरू