युक्रेनमा आक्रमण रोक्न फ्रेन्च राष्ट्रपतिको सक्रियता

5

काठमाडौं – फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोले युक्रेनमा भइरहेको आक्रमण रोक्न रुसी राष्ट्रपतिसँग कुराकानी गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रहमा कुराकानी भएको बताए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपतिले आफूसँग कुराकानी नगरेको भन्दै इम्यानुएललाई पुटिनसँग कुराकानी गर्न अनुरोध गरेका थिए ।

आफूले फोन कुराकानीमा पुटिनलाई युक्रेनमा भइरहेको आक्रमण रोक्न अनुरोध गरेको पनि इम्यानुएलले बताएक छन् ।

युक्रेनमा बुधबारबाट रुसले आक्रमण गर्न सुरु गरेको छ । अहिलेसम्म आक्रमणमा कम्तिमा पनि १ सय ३७ जनाको मृत्यु भइसकेको बताइएको छ ।

समाचार वर्गहरू