युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति : आन्दोलनका कार्यक्रम फिर्ता

18

(काठमाडौं) –युनिभर्सल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् ।

अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएपछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने जनाएका हुन् ।

आन्दोलनमा सहभागी भएका विद्यार्थीलाई कलेजले कुनै पूर्वाग्रह नराख्ने, विद्यार्थीको शैक्षिक समस्याका सम्वन्धमा कलेजको एकेडेमीक काउन्सिलमार्फत सम्वोधन गर्ने बताइएको छ ।

शैक्षिक वर्ष ०७५/७६ का विद्यार्थीहरुले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्क समेत तिरिसकेको हकमा त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने सहमति भएको छ ।

यस्तै ०७४/७५ मा विद्यार्थीहरुले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाईसकेकाहरुको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

समाचार वर्गहरू