युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक

40

एजेन्सी – यूईएफए युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

ड्र अनुसार प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले ला लिगाको शीर्ष  स्थानमा रहेको रियल सोसीडाडसँग खेल्नेछ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोटेनहम हट्सपरले अष्ट्रियाको वल्फ्सबर्गरसँग खेल्नेछ । इटालियन लिगको शीर्ष स्थानमा रहेको मिलानले रेड स्टार बेलग्रेडको सामना गर्दैछ ।

आर्सनलले पोर्चुगिज क्लब बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ । इटालियन क्लब एसी मिलानले रेड स्टार बेलग्रेडसँग खेल्नेछ । अर्को इटालियन क्लब नापोलीले स्पेनको ग्रानडासँग खेल्नेछ । रोमाले ब्रागासँग खेल्दा भिल्ला रियलले साल्जबर्गसँग खेल्नेछ ।

जर्मनीको बायर लिवरकुसेनले योङ ब्वाइजसँग खेल्दा होफेनहाइमले मोल्डेसँग खेल्नेछ । त्यस्तै, आयाक्सले फ्रान्सेली लिगको अग्रस्थानमा रहेको लिलसँग खेल्नेछ । अन्तिम ३२ को पहिलो लेग फेब्रुवरी १८ र दोस्रो लेग खेल २५ फेब्रुवरीमा हुनेछ ।

समाचार वर्गहरू