यू–ट्युबलाई १ अर्ब ७० करोड डलर जरिवाना

14

बीबीसी – बालबालिकाको गोपनियता उल्लंघन गरेको आरोपमा अमेरिकी नियामक निकायले यू–ट्युबलाई १ अर्ब ७० करोड डलर जरिवाना गराएको छ । गुगलको स्वामित्व रहेको यू–ट्युब सो रकम तिर्न सहमत भएको अमेरिकाको संघीय ब्यापार आयोगले जनाएको छ ।

१३ वर्ष मुनिका बालबालिकाको सूचना उनीहरुको अभिभावकको स्वीकृती बिना संकलन गरेको भिडियो प्रशारण साईट माथि आरोप लगाईएको छ । ती डाटा बालबालिका लक्षित विज्ञापन प्रशारणमा प्रयोग गरिएको थियो ।

बालबालिका लक्षित यू–ट्युब किड्स हाल टेलिभिजन हेर्ने बालबालिकाको पहिलो रोजाई हो । यू–ट्युबले आफ्ना प्रयोगकर्ताको सूचना संकलनका लागि परादर्शी विधि अपनाउन अमेरिकी नियामक निकायले सुझाव दिएको बीबीसीले उल्लेख गरेको छ ।

समाचार वर्गहरू