योजना आयोगको सदस्यमा गीताभक्त जोशी नियुक्त

11

काठमाडौं – राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. गीताभक्त जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकबाट जोशी सदस्यमा नियुक्त भएका हुन् ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत रहेका त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक जोशी राप्रपाको कोटाबाट सदस्यमा नियुक्त भएका हुन्।

यसअघि योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए । सदस्यमा माओवादीबाट रामकुमार फुयाँल र एमालेबाट कुशेन्द्र महत, सुशील ज्ञवाली नियुक्त भइसकेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू