‘यो नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर पठाइदिऔँ’ – ओली

15

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य र प्रमाण रहेको दाबी गरे। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो षड्यन्त्र तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

‘फेरि एकपल्ट म दोहोर्‍याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दै छु– दोषीलाई उम्काउने कोसिस भइरहेको छ। निर्दोषलाई फसाउने कोसिस भइरहेको छ। यो कुरा बन्द गरियोस्,’ ओलीले भने, ‘जेठ १९ कि २० मा परेको निवेदनअनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोड्न लगाइयो, बाध्य बनाइयो। यत्तिकै छुटे मान्छे ? छोड्न लगाइयो।’

ओलीले सत्तारूढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने टिप्पणी गरे। उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु– यसलाई कुनै पनि हालतमा समर्थन गर्नुहुँदैन। समर्थन नगरौँ। पहिलो कुरा, सम्माननीय प्रधानमन्त्रीजीले फिर्ता लिनुस्। फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर पठाइदिनुपर्छ।’

‘यस नीति तथा कार्यक्रमले एक वर्षको समय कमसेकम बर्बाद भयो देशको। यो नीति तथा कार्यक्रमले केही पनि गर्नेवाला छैन, हुनेवाला छैन। त्यसकारण यसलाई समर्थन नगर्न म अरू दलका माननीयज्यूहरू, स्वतन्त्र माननीयज्यूहररू सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू