रंगशाला बनाउन ठेला पसल सञ्चालन

26

(चितवन) – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग पुर्याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रंगशाला बनाउँदै छ ।

रंगशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु बिक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु बिक्री गरिने उनले जानकारी दिए ।

रंगशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न सुरु गरेका छन् । रंगशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ । एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रंगशालाको अवलोकन गरेका छन् ।

पछिल्लो समय विद्यार्थी, सहकारी, आमा समूह, टोल विकास समितिलगायतका संघ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रंगशाला बन्ने गरेको छ । रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको छ ।

निर्माणको काम तीव्र भए पनि आर्थिक संकलन भने खासै हुन सकेको छैन । रु आठ करोडको हाराहारीमा बोलकबुल भएकोमा रु एक करोड मात्र संकलन भएको छ । हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलको बाहेक रु तीन करोड संकलन भएको छ ।

रंगशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने फाउण्डेशनले जनाएको छ ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू