रकम फिर्ता गर्दै भूकम्पपीडित

23

रासस/लमजुङ – जिल्लाका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु ५० हजार बुझेकाले धमाधम फिर्ता गर्न थालेका हुन् । हालसम्म निजी आवस पुनःनिर्माण लाभग्राही सूचीमा परेका जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार राइनास नगरपालिकाका चार, दुधपोखरी गाउँपालिकाका तीन, दोर्दी गाउँपालिकाका दुई र मध्यनेपाल नगरपालिकाका दुई जना रहेका छन् । जिल्लामा कूल १४ हजार ६९६ लाभग्राहीमध्ये १३ हजार ७६४ संग सम्झौता भएको र तीमध्ये ६ हजार १०४ ले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन् ।

समाचार वर्गहरू