रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

20

(काठमाडौं) – राष्ट्रिय हित र सुरक्षा सम्बन्धी संवेदनशील विषयलाई गहन रुपमा मनन् गर्न नेपाली सेनाले सञ्चालन गरेको तीन दिने रक्षा अभिमुखिकरण कार्यक्रम शुक्रबार सकिएको छ ।

रक्षा मन्त्रालयका नवनियुक्त कर्मचारीहरुलाई लक्षित गरेर नेपाली सेनाले जंगी अड्डामा अभिमुखिकरणको आयोजना गरेको थियो । अभिमुखिकरणमा रक्षा मन्त्रालयमा कार्यरत नायब सुब्बादेखि उपसचिवसम्मका कर्मचारीहरुको सहभागिता थियो ।

अभिमुखिकरणमा कर्मचारीहरुलाई सैनिक संगठनको बनावट, गतिविधि र जिम्मेवारी बारे जानकारी दिईएको सैनिक प्रवक्ता बिज्ञान देव पाण्डेले बताए ।

समाचार वर्गहरू