काठमाडौं – रास्वपा सभापति रवि लामिछानेको हिरासत भित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ। गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।
समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलले जानकारी दिए। ‘सत्यतथ्य पत्ता लगाई तीन दिनभित्र प्रतिवेदन बसझाउन समितिलाई निर्देशन दिइएको छ,’ उनले भने। ‘उहाँलाई पत्रपत्रिका, पुस्तक पढ्न दिइएको छ। जुनसुकै बेला नेताहरू भेट्ने सुविधा दिइएको छ।
लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए।
दुई महिनायता प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा भव्य सुविधा दिइएको बताइएको छ।