रवि लामिछानेको नागरिकता खारेज गर्न गृहमा निवेदन

2
फाइल फोटो

काठमाडौं – नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुन: प्राप्ती गरेको नागरिकता खारेजको माग गरेका छन्।

पुर्व गृहमन्त्री समेत रहेका लामीछानेले नागरिकता पुन: प्राप्ती गरेको विषयमा छानबिन हुनुपर्ने भन्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रालयमा पुगेर निवेदन दिएका छन्।

सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको विरुद्ध फैसला सुनाएपछि उनको सांसद पद गएको थियो। र, त्यसपछि रविले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिएका थिए। सफलले नागरिकता पुन: प्राप्त गरेको सो प्रक्रियामाथि नै प्रश्न उठाएका छन्।

उनले लामिछानेले अमेरिकी दूतावासबाट नागरिकता त्याग गरेको निस्सा नबुझाएको र आवश्यक प्रक्रिया पूरा नै नगरी नागरिकताको प्रथक प्रतिलिपी लिएको दाबी गरेका छन्।

उनले रविलाई नागरिकता दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यलाई पनि कारवाही गर्न माग गरेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू