रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता

7

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि विरुद्धको रिट दर्ता भएको छ ।

लामिछानेको राहदानी दुरुपयोग सम्बन्धि मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।

रिट निवेदनको अध्ययनपछि सोमबार सर्वाेच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारको पेसी तोकिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू