रसुवामा जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

87

 काठमाडौं – रसुवामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रसुवाको आमाछोदिङमो गाउँपालिका-५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन्।

उनीहरूले ती बालिकालाई ललाइ फकाइ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

समाचार वर्गहरू