रसुवामा बस दुर्घटना हुँदा ९ यात्रु घाइते

5

काठमाडौं – रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस रसुवाको कालिकामा दुर्घटना भएको छ।

शनिबार कालिका गाउँपालिका-३ मा कालिकास्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौंमा उपचार भइरहेको छ। गम्भीर घाइतेको काठमाडौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सडकमार्गमा अनियन्त्रित भई कान्तिपुर यातायातको बा ३ ख ६०३५ नं. को यात्रुबस कालिकास्थान मुनिको घुम्तीमा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ। बसमा तिहार मनाएर काठमाडौं जांदै गरेका यात्रु रहेको बताइएको छ।

समाचार वर्गहरू