राजनीतिक दलहरुलाई निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

56

काठमाडौं – सरकारले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका हुन् ।

सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे ।

मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए । सरकारले गरेको काम नेपालको कानून बमोजिम मान्यता प्राप्त हुने उनको भनाई छ ।

समाचार वर्गहरू