राजनीतिक नियुक्ति खाएकाले राजीनामा दिनू – रास्वपा

96

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति खाएका व्यक्ति र पदाधिकारीलाई राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक नियुक्ति खाएकाले मार्गप्रशस्त गर्दा उपयुक्त हुने धारणा राखेका हुन् ।

‘सिधै नियुक्ति पाएका पदाधिकारी र व्यक्तिले नयाँ सरकार बन्दै गर्दा मार्गप्रशस्त गर्दा उपयुक्त हुन्छ । जनताले रुचाएका पनि छैनन्,’ उनले भने, ‘यो पार्टीले गरेको निर्णय होइन । सरकारले गर्ने कुरा हो । तर मेरिटभन्दा बाहिर गएर खाएका नियुक्ति उपयुक्त हुँदैन ।’

योग्यता र मेरिटको आधारमा नियुक्ति खाएकोले भने मार्गप्रशस्त गर्नुनपर्ने बुर्लाकोटीले स्पष्ट पारेका छन्। ‘मेरिटभन्दा बाहिर गएर गरेको नियुक्ति र मेरिटजस्तो प्रक्रिया मात्र पूरा गरेकाले पनि मार्गप्रशस्त गरेको राम्रो हुन्छ,’ उनले भने ।

समाचार वर्गहरू