राजविराज मेयर कप : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

31

राजविराज – सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुई वटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जित दर्ता गरेका छन् ।

राजरंगशालामा सम्पन्न दिनको पहिलो खेलमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो । सप्तरीको राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा रुपनी राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए । रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए । यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो । रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए । लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए ।

तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए । दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो । बजाज खडक वारियर्सले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए . यस्तै अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाए । बजाज खडकको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए .यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा १८६ रन बनाएको थियो । बजाज खडक वारियर्सको लागि ओपनिंग ब्याटिंग गरेका अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित १०० रन बनाए । त्यस क्रममा उनले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे । यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए ।

बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए । लिग अन्तर्गत बुधबार पनि दुई वटा खेल हुछ । पहिलो खेलमा विहान ९ बजे रुपनी राईडर्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोईलाडी जायन्टसले प्रतिस्पर्धा गर्नेछन् ।

समाचार वर्गहरू