राप्रपाद्धारा मेलम्चीमा ३० लाख बराबरको अक्सिजन उत्पादन उपकरण सहयोग

8

सिन्धुपाल्चोक – राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार मेलम्ची नगरपालिका स्थित मेलम्ची स्वास्थ्य केन्द्रलाई हाइड्रोजन अक्सिजन जेनेरेटर विथ निबुलाइजर मेसिन हस्तान्तरण गरेको छ ।

कुल २९ लाख ७३ हजार मुल्य बराबरको उक्त मेसिन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराले जुम मिटिङ मार्फत स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर आशिष श्रेष्ठलाई सम्बोधन गर्दै प्रदान गरेका हुन् ।

जुम मार्फत बोल्दै पार्टी अध्यक्ष राणाले भुकम्प लगायत सिन्धुपाल्चोकको हरेक विपत्तिमा निरन्तर सहयोग गरेको र कोरोना महामारीको यो बिषम परिस्थीतिमा पनि सिन्धुपाल्चोकको प्रत्येक पालिकालाई स्वास्थ्य सामाग्रि सहयोगको तयारीमा जुटेको बताए ।

चाइना फाउण्डेसन फर पिस एण्ड डेपलपमेन्टको सौजन्यमा राप्रपा द्धारा प्राप्त उक्त मेसिनले अक्सिजन उत्पादन गर्ने र भेन्टिलेटको समेत काम गर्ने भएकाले समुदायमा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस बाट मानिसहरुलाई बचाउन सहज हुने स्वास्थ्य केन्द्रका संयोजक डा.श्रेष्ठले बताए।

आइतबार हस्तान्तरण गरिएको उक्त उपकरणले विद्युत हुँदा २४ सैँ घण्टा सेवा प्रदान गर्न सक्नेछ भने विद्युत आपुर्ती नभएको अवस्थामा ३ घण्टा सम्म हाइड्रोजन र अक्सिजन उत्पादन गर्न सक्नेछ ।

उक्त मेसिन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवंम पुर्व सांसद चलनबहादुर तामाङ, केन्द्रिय सदस्यहरु बाबुराम खड्का, दईन्द्र बहादुर ठकुरी, उदय सापकोटा क्षेत्रीय सभापति फडिन्द्र दाहाल लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

समाचार वर्गहरू