राप्रपा परित्याग गरेका धवलशम्शेर राणा दुर्गा प्रसाईको अभियानमा मिसिए

8

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुर्नस्थापनाको उद्देश्यसहित प्रसाईको अभियानमा मिसिन पुगेका छन् ।

केही दिन अघि राप्रपा परित्याग गरेका राणा शुक्रबा उनीहरूबीच एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका छन । समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् ।

मलमास सकिए लगत्तै नयाँ पार्टीको घोषणा हुने बताइएको छ । कार्यक्रममा राणाले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ । मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ ।’

समाचार वर्गहरू