राप्रपा सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने

92

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन्।

संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन्।

संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेको थियो। जसमा २४ जना सांसदले मातृभाषामा सपथ लिनकालागि नाम टिपाएका छन् ।

समाचार वर्गहरू