रामकुमारीको एमाले मोहले तनावमा माधव नेपाल

86
फाइल फोटो

काठमाडौं  – एमालेबाट छुट्टिने बेला माधवकुमार नेपाललाई दह्रो साथ दिने नेतृ रामकुमार झाँक्री अहिले एकीकृत समाजवादीबाट टाढाटाढा हुँदै गएकी छन्।

एमाले विभाजनका लागि माधवलाई उचाल्नेहरू एकपछि अर्काे साइड लागेपछि रामकुमारीले हातै समातेर निर्वाचन आयोगभित्र पुगेको फोटो त्यतिखेर सर्वत्र भाइरल बनेको थियो।

०७९ को निर्वाचनमा पराजित भएपछि पार्टी नेतृत्वप्रति टिप्पणी गरिरहेकी झाँक्री अब एमालेमा जान्छिन् भन्नेमा निकै चर्चा भयो। यद्यपि, झाँक्रीले यो चर्चाको खण्डन गरे पनि एमाले र एकीकृत समाजवादी एकै दल हुनुपर्ने उनको तर्क छ। यसमा झलनाथ खनालसहितका नेताहरुको मत पनि झाँक्रीकै लाइनमा छ ।

जेठ २६ गते पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले औपचारिक रुपमै प्रतिवाद गर्यो। तर, झलनाथ खनालले भने यो बिषयमा आफ्नो धारणा बाहिर ल्याएनन् बरु मौन बसिरहे ।

स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले असार १४ गते लुम्बिनीमा आयोजित पार्टीकै प्रदेशस्तरीय कार्यक्रममा पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ अभिव्यक्ति दिएपछि पार्टीमा भुकम्प गयो।  ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत उनले बताइन्। लगत्तै  एकीकृत समाजवादीले तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको पार्टी सचिव सोमप्रसाद पाण्डेले पुष्टि पनि गरेका थिए।

तर, झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको दाबी गर्दै आएकी छन्। ‘‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।’

खासमा स्पष्टीकरण सोधिए पनि अध्यक्ष नेपालका कारण रोकिएको हो। अहिले आफूमाथि नै मुद्दा चलेको र पार्टी संकटमा रहेका बेला कारबाहीको डण्डा चलाउनु घातक हुने उनको ठहर छ।

नेतृ झाँक्रीले एमालेमा फर्कनेकुरा अस्विकार गरेतापनि पार्टीका हरेक गतिविधीप्रति फरक मत मात्रै होइन असहमती समेत गर्दै आएकोले यो बिषयले महत्व पाएको हो ।

समाचार वर्गहरू