रामेछापमा बलेरो जीप दुर्घटनाहुँदा चार जनाको मृत्यु

4

काठमाडौं – रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बलेरो जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बिहिबार भएको उक्त दुर्घटनामा मृत्यु हुने चारजनाकै सनाखत भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब १०० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेको प्रहरिले जनाएको छ ।

प्रहरिका अनुसार दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू