राम्रो कामको प्रचार नगरी बाँसुरी बजाएको फोटो नै छाप्छन् : प्रधानमन्त्री ओली

60

मध्यबिन्दु/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा आएका समाचारप्रतिको असन्तुष्टिलाई पुनः दोहोर्याएका हुन् ।

सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही सञ्चारमाध्यमले फेरि पनि आफूले बाँसुरी बजाएको समाचार नै दिने टिप्पणी गरे ।
“कुनै कुनै सञ्चारमाध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि । दया लाग्छ, देश विकास हुन लाग्दा पिर किन परेको ? त्यो छक्क लाग्छ । ‘कुनै कुनै’ भन्ने शब्द प्रयोग र्गयाछु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर ‘कुनै कुनै’ शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन्,” उनले भने ।

आफूले भनेका विषयलाई हुबहु प्रस्तुत नगरी केही सञ्चारमाध्यमले तोडमोड गरी अर्नगल प्रचार गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

समाचार वर्गहरू