रावलप्रति ओलीको व्यङ्गात्मक आक्रोस, मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र ?

10
फाइल फोटो

काठमाडौं – नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै बोलाइएको केन्द्रीय कमिटी बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइएपछी तरङ्ग पैदा भएको छ ।

एमाले अध्यक्षको ओलीको यो कार्यशैली देखेर अन्योलमा परेको प्रतिक्रिया उपाध्यक्ष भीम रावलले बैठकमा राखे ।

शपथ खुवाइसकेपछी सुरु भएको बैठकमा एमाले कैलालीका नेता झपट रावलले १० बुँदे कार्यान्वयन नभएको र कैलालीमा मापदण्ड पालना नगरीकनै पार्टी सदस्यता वितरण गरेको भन्दै संगठन विभाग प्रमुखलाई लेखेको पत्र बैठकमा पेस गरे ।

१० बुँदे सहमतिलाई ‘रटान’ भन्दै आएका ओलीले रावलको चिठीप्रति व्यंग्य मिश्रित आक्रोश पोखे । छेवैमा बसेका उपाध्यक्ष युवराज ज्ञवालीतिर हेर्दै भने, ‘युवराजजी मास्क लगाएर बस्नुभएको छ, अब उहाँलाई मास्क खोल्नुस् भन्नुपर्‍यो भने पनि चिठी लेखिहाल्ने ?’

चिठी प्रकरणमा बोलिसकेपछि शपथ ग्रहण कार्यक्रम देखेर रिसाएर बसेका भीम रावलमाथि खनिए ओली । उनले १० बुँदे सहमति कार्यान्वयन गराउन नसकेर राजीनामा दिएको बताउँदै अब महाधिवेशन मुखमा आइसकेको भन्दै १० बुँदेको औचित्य सकिएको बताए ।

समाचार वर्गहरू