राष्ट्रपतिको बगैंचा सजाउन २४ लाखको ठेक्का

70

काठमाडौं – राष्ट्रपति कार्यालय शीतल निवासको बगैंचा सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ ।

बगैंचा सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।

कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो । मूल्याङ्कन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ ।

1234

समाचार वर्गहरू