राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त

29

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवैलाई पदबाट मुक्त गरेर पौडेलको स्थानमा पृथ्वीमान गुरुङ र यादवको स्थानमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।

समाचार वर्गहरू