राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

44
फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पुर्‍याउने बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्व २०८१ को शुभकामना दिँदै राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले नेपालीमा आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

यसै गरी राष्ट्रपति पौडेलले गौरा पर्वको शुभकामना व्यक्त गर्दै हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भाव प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

उनको सन्देशमा उल्लेख छ, “यो पर्वका अवसरमा पाँच किसिमका अन्नको सामूहिकस्वरूप ‘बिरुडा’ प्रसादका रूपमा बाँड्ने चलन छ । पुरुष र महिला छुट्टाछुट्टै गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।”

समाचार वर्गहरू