काठमाडौँ – राष्ट्रपति कार्यालयको वेबसाइटबाट नेपालको संविधान २०७२ को धारा ७६(५) अनुरुप सरकार गठनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेस गर्न जारी भएको राष्ट्रपति कार्यालयको विज्ञप्ति एकाएक गायब भएको छ । ६ जेठमा राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेका थिए ।
त्यो प्रक्रियाका विषयमा विवाद भएपछि राष्ट्रपति कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको विज्ञप्तिसँग सरकार गठनका लागि आह्वान भएको विज्ञप्तिसमेत हटाएको छ ।
अहिले राष्ट्रपति कार्यालयको वेबसाइटमा पछिल्लो प्रेस विज्ञप्तिका रूपमा गत बैशाख ३१ गते अपरान्ह ४ बजेर ५३ मिनेट जाँदा अपलोड भएको ‘मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन तथा शपथ ग्रहण’ छ ।