राष्ट्रपति-प्रधानमन्त्रीको कदमविरुद्धको लडाइँमा सामेल हुन सभापती लामाको अपिल

12
बिकास लामा,

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले विधि र पद्धति जोगाउने लडाईंमा सुरक्षित रूपमा सामेल हुनमा सिन्धुबासीमा अपिल गरेका छन ।

सभापति लामाले आइतबार एकविज्ञप्ती जारी गर्दै अहिले सत्ता र प्रतिपक्षबिचको लडाई भनेको गणतन्त्र विरुद्ध अधिनायकवाद भन्दै कोभिड को महामारीका बिच पनि लोकतन्त्रको रक्षार्थ आ-आफ्नो ठाउँबाट सरकारको असम्बैधानिक कदमको डटेर सामना गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

विपक्षी गठबन्धनले संख्या पुऱ्याएर सरकार निर्माणको दावी प्रस्तुत गर्दा समेत अस्वीकार त्यो पनि राष्ट्रपतिबाट हुनुलाई सामान्य मान्न सकिन्न । प्राप्त उपलब्धिलाई निस्तेज पारेर मलकलाई अँध्यारो द्वन्द्वको रापतिर लगेको समेत सभापति लामा ले आरोप लगाए। यस्तो कार्य हामी वि.पि. कोइरालाका पार्टीका कार्यकर्ताका लागि स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

No description available.

समाचार वर्गहरू