काठमाडौं – नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग साँझ भेटवार्ता गरेकी छन् ।
नेपालमा विकसित राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि शितल निवास पुगेकी हुन् ।
एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको भएपनि आज मात्र शितल निवासले समय दिएको थियो । राजदूत होउ साँझ ६ बजे शीतल निवास पुगेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन् । भेटमा कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गरेकी थिईन् ।