काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ।
कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेको जनाइएको छ ।
यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२: ०० बजेदेखि अन्त्य गरेको छु।’