राष्ट्रसंघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

39
फाइल फोटो

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायलको पछिल्लो घटनाले राष्ट्रसंघको ध्यान त्यता केन्द्रित गर्न परेको कारण आगामी असोज २६ मा हुने भनिएको भ्रमण तत्कालका लागि रद्द गरिएको हो।

सरकारले उनको भ्रमण छिट्टै हुने जानकारी गराएको छ। ‘अहिलेका लागि भ्रमण स्थगित मात्र हो। छिट्टै नयाँ तिथि तय हुनेछ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं राष्ट्रसंघसमेत हेर्ने महाशाखाकी प्रमुख सेवा लम्सालले भनिन्, ‘अहिलेलाई स्थगित भनेर सम्झनुहोस्। इजरायल युद्धका कारण महासचिवको भ्रमण स्थगित भएको हो,’ उनले भनिन्।

महासचिव गुटेरस नेपाल आउने र एक रात पोखरामा बिताउने कार्यक्रम तय भएको थियो। उनी पोखरा जानैका लागि नेपाल आउन लागेका थिए। नेपाल आएर यतैबाट चीन जाने उनको तयारी थयो। महासचिव गुटेरसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघ महासभामा सहभागी हुँदा भ्रमणको निम्ता दिएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू